नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझाएको प्रतिवेदनमा यस्ता छन् सुझाव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले १ साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ । कार्यदलले शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाई कार्यदलले रिपोर्ट बुझाएको हो । प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्‍ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ।

यस्ता छन् कार्यदलको सुझाव :

– प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

– सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।

– आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।

– सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

– सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।

– कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने ।

 –एभरेष्ट  दैनिक

janahit ma jari sandesh
Masta R.M
Loading...