बझाङको चैन मेडिकलमा उपचारको क्रममा व्यहोस भएका पाण्डेलाई अस्पतालले गर्‍यो मृत घोषित

बझाङ ; बझाङको सदरमुकाम चैनपुरमा न्यु चैन मेडिकलमा उपचारको क्रममा व्यहोस भएका एक जनालाई जिल्ला अस्पतालले मृत घोषित गरेको छ । जयपृथ्वी नगरपालिका –३ पडेस घरभएका ६४ बर्षिय खडकराज पाण्डे दमले च्यापे पछि उपचार गराउन उक्त मेडिकलमा पुगेका थिए ।

दमको उपचार गर्न आएका पाण्डे उपचारकै क्रममा व्यहोस भएका हुन् । उनको थप अवस्था बुझ्नको लागि जिल्ला अस्पताल सिमखेत लगिएको र अस्पताल परिवारले पाण्डेलाई मृत घोषित गरिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...