बझाङमा यार्सा संकलन गर्न नपाँउदा आर्थिक संकट हुने चिन्ता, लाखौँको राजश्व पनि गुम्यो

Image

बझाङ- बझाङमा यस बर्ष यार्सा संकलन हुन नसक्दा आर्थिक संकट हुने देखिएको छ । यस क्षेत्रको मुख्य आम्दानीको रुपमा रहेको बुहुमुल्य जडिबुडि यार्सा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण संकलन कार्य प्रभावित भएको थियो । कोरोना संक्रमणको जोखिम बढने खतरा भएपछि बझाङका स्थानिय तहले यार्सागुम्बा संकलनमा रोक लगाएको थियो । वर्षौदेखी यार्सा संकलन गरेर जीविका चलाउने यस क्षेत्रका सर्वसाधारण यसवर्ष संकलन गर्न नपाउँदा आर्थिकबन्दीको समस्यामा परेका छन् । जिल्लाको उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा जडीबुटी संकलन नै मुख्य आयस्रोतको आधार रहेको छ ।

विगतका वर्षहरुमा बैशाख महिनामा यार्सा पाइने वन क्षेत्र संकलनका लागि खुला गरिने गरिएको भए पनि यसवर्ष बन्दाबन्दीका कारण वन क्षेत्र खुल्न सकेनन् । वन क्षेत्र नखुल्दा यार्सा संकलकहरुले यार्सा संकलन गर्न पाएनन । कोरोना सन्त्रासका कारण भएको बन्दाबन्दीले एकातर्फ संकलकहरुमा आर्थिकमन्दी आएको छ भने अर्को तर्फ सरकारको राजश्व गुमेको छ । यस बर्ष कोरोना प्रकोपको कारण यार्सा टिप्न स्थानीय प्रशासनले रोक लगाएपछि यार्सा संकलन हुन नसकेको बुङगल नगरपालिका वडा नं २ का आनन्द धामीले बताए । उनले भने यो वर्ष कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले यार्सा संकलन गर्ने पाटनहरु खुलेनन् । यस क्षेत्रका सर्वसाधारणको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा बाट वर्षभरिको घरखर्च, र छोराछोरीको पढाई खर्च धान्ने गर्छन । यार्सा संकलन गर्न नपाउँदा रोजीरोटी खोसियो । छोराछोरीको पढाइ पनि प्रभावित हुने भयो ।

यार्सा संकलन गर्न नपाउँदा बझाङका सुर्मा, साईपाल, छविसपाथीभेरा,तल्कोग दुर्गाथली गाँउपालिका र बुङगल नगरपालिकाका स्थानियहरुमा आर्थिक संकट देखिएको छ । यार्सा संकलन गरेर वर्षभरीको खाना जोहो गरौंला भन्ने आसामा बसेका यस भेगका स्थानियमा अहिले निराशामा छाएको छ । कोरोना संक्रमण भन्दा पनि आर्थिक संकट हुँदा कसरी घर खर्च र बालबालिकाको पढाई खर्च चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको सुर्मा गाउँपालिका–२ पटुरीका दिलिप बोहराले दुखेसो गरे । उनले भने विगतका बर्षहरुमा घरमा ताल्चा लगायर सबै जना यार्सा संकलन गर्न जाने गरेका थियौँ । पोहर साल परिवारका सबै जना मिलेर यार्साबाट ५ लाख जति आम्दानी गरेका थियौँ । यस पाली बन्दाबन्दीका कारण यार्सा संकलन गर्न नसक्दा आम्दानी गुमाएका छौँ । जिल्ला विपद व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनहरूमा संकलकहरुको भिड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भए पछि जोखिम न्युनीकरणका लागी यार्सा संकलनमा रोक लगाएको थियो ।

कोरोना सन्त्रासका कारण भएको बन्दाबन्दीले एकातर्फ संकलकहरुमा आर्थिकमन्दी आएको छ भने अर्को तर्फ सरकारको राजश्व पनि गुमेको छ । यार्सागुम्बा संकलन हुन नसक्दा सरकारलाई यार्सागुम्बा संकलन र निकासी वाफत प्राप्त हुने लाखौँको राजश्व गुमेको डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्ण खातीले बताए । उनले भने गत बर्ष करिब ३ क्वीन्टल यार्सा गुम्बाको करिब ६० लाख राजश्व संकलन भएको थियो । यस पाली समयमै पानी परेको र हिमाली क्षेत्रमा हिँउ पछि सम्म रहेका कारण यार्सा उत्पादनमा बृद्धि हुने आकलन गरिएको थियो । यस बर्ष यार्सा संकलन नहुँदा ७ण् लाख बढी को राजश्व गुमेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्