बुङ्गल नगरपालिकाका उपप्रमुख बोहराद्धारा बेवारिसे अवस्थामारहेका व्यक्तिलाई कम्मल हस्तान्तरण

Image

बझाङ  ; बुंगल नगरपालिकाका नगर उपप्रमुख धन बहादुर बोहराले बेवारिसे अवस्थामा बस्दै आएका एक जनालाई कम्मल हस्तान्तरण गर्नु भएको छ ।

सोमबार नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियु जिल्ला इन्चार्ज रामचन्द्र जोशीको पहलमा सोमबार बुंगल नगरपालिका वडा नं ३ स्थित सिराड घरभइ भएका बिगत १५ बर्ष देखी कांलगा नदिको किनारामा खुल्ला आकास मुनी बेवारिसे अवस्थामा बस्तै आएका गेउडो दमाईलाई नगर उपप्रमुख बोहराले कम्मल वितरण गरेको नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य सुरेश ओखेडाले बताए ।

सानै उमेरमा मानसिक संञ्तुलन बिग्रेमा दमाईको घर भत्किए पछि उनि बिगत १५ बर्ष देखी बिजगडा बजारमा कहिले खानेकुरा मागेर त कहिले भोगभोकै कांलगा नदिको किनारामा खुल्ला आकास मुनी बेवारिसे अवस्थामा रात बिताउन बाध्य छन् । उनका छोरा छैनन् भने उनकी श्रीमतिको मृत्यु भइसकेको र छोरीहरुको पनि विवहा भइसकेको छ । सडक तथा बजारमा आउने र मागेर भोक मेटाउने बेवारिसे अबस्थाका धेरै व्यक्तिहरु रहेको भएपनि त्यस्ता नगरीकको लागि नगरपालिका लगाएतका कुनैपनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानियको आरोप छ ।

बुङ्गल नगरपालिकाका उपप्रमुख बोहराले भने यस विषयमा आफ्नो ध्यान केन्द्रित भएको बताउदै यस्ता नगरीकको व्यवस्थापनका बिषयमा आगामि कार्यपालिकाको बैठकमा छलफल गरीने बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन