बझाङ – घरेलु तथा साना उधोग विकास समिति बझाङले पनि अब आलोपालो मिलाएर सेवा दिने भएको छ । जिल्लामा कोभिड १९ को जोखिम बढ्दै गएको र कामको चाप समेत बढेकोले कर्मचारी अभाव भएको भन्दै घरेलु तथा साना उधोग समिति बझाङले आइतबार देखि लागु हुने गरि स्थानीय तह छुट्टयाएर सेवा दिने भएको छ । आलोपालो अनुसार नागरिकले हप्तामा २ दिन मात्रै घरेलु तथा साना उधोग विकास समिति बझाङबाट सेवा पाउने भएका छन् ।
बुंगल नगरपालिका , साइपाल गाउँपालिका , वित्थडचिर गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नागरिकले आइतबार र सोमबार सेवा पाउने छन भने , मंगलबार र बुधबार जयपृथ्वी नगरपालिका , सुर्मा गाउँपालिका , तल्कोट गाउँपालिका र मष्टा गाउँपालिकाका नागरिकहरुले सेवा पाउने भएका छन । विहिबार र शुक्रबार खप्तड छान्ना गाउँपालिका , थलारा गाउँपालिका , दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकाका नागरिकहरुले सेवा पाउने छन । अन्तरजिल्ला , निकायका प्रर्तिवेदन , सुचना , पत्राचार लगाएतका कामहरु सबै दिन सेवा प्रवाह हुने बरिष्ठ उधम विकास सहजकर्ता दशरथ जप्रेले बताउनु भएको छ ।