कोरोना फैलिने खतरा भएपछि धनगढीमा पुनः लकडाउन गर्ने तयारी

Image
Protesters take out a motorcycle rally in closed down Dhangadhi Bazaar, on Saturday, September 29, 2018. Photo: Tekendra Deuba/THT

धनगढी- धनगढीमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ।  समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै धनगढीमा लकडाउन गर्ने तयारी गरिएको हो।  विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिएको थियो तर अहिले प्रहरी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी, व्यापारी लगायतमा कोरोना संक्रमण देखिएको छ। यसले समुदायस्तरमै कोरोना फैलिने खतरा रहेकाले नियन्त्रणका लागि लकडाउन गर्ने तयारी भएको छ।  उप–महानगरपालिकामा छलफल भएको र १०, १५ दिनका लागि लकडाउन गर्ने विषयमा धेरैको सहमती जुटेको धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताउनुभयो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन