जयपृथ्वी राजमार्गमा पहिरो खस्यो सडक सुचारु हुन समय लाग्ने

Image

मकरराज धामी साउन ३२ बझाङ  जयपृथ्वी राजमार्गमा फेरी पहिरो खसेको छ । सेती नदीले सडक बगाएर एक साता देखि अवरुद्ध राजमार्ग तत्काल सुचारु गर्न नसकिने देखिएको छ । जालेबगरमा ग्याविन जाली भर्ने काम अन्तिम चरणमा पुगे पनि कचाली खोला र सुवेडाको बीचमा ठूलो पहिरो आएपछि राजमार्ग सुचारु गर्न थप समय लाग्ने देखिएको छ । जयपृथ्वी नगरपालिकाको कचाली खोला नजिक पहिरोसँगै ठूला ढुङगा पनि आइरहेकाले पहिरो पन्छाउन समय लाग्ने डिभिजन सडक कार्यालय बैतडीका सब इन्जीनियर इन्द्रराज जोशीले बताए । उनले भने पहिरो आएको स्थानबाट तल स्थानीयकोे खेतीयोग्य जमिन र घरछाना परेकाले सडकबाट ढुङ्गा माटो नजिकै पन्छाउन नसकिने र टाढा व्यवस्थापन गर्दा कम्तीमा ५ दिन लाग्ने छ । ठूलो पहिरो भएकाले ट्रिपरमा बोकेर ५ दिन यता सम्भव नरहेको र पहिरो कसरी हटाउने भन्ने विषयमा छलफल भईरहेको उनको भर्ना छ ।

हाल जालेबगरमा १५ मिटर ग्याविन जालीसहितको सडक बनिसकेको छ भने ३ मिटर सडक बनाउन बाँकी रहेको अवस्था छ । पहिरो निरन्तर आइरहेकाले सडक तहसनह हुनुका साथै आसपास बिजुली पोल, दुई पक्की नहर तरकारी खेती आदीमा क्षति पुगेको छ । पहाडी भेगमा सडक निर्माण गर्दा कमजोर भूभाग र जोखिम भएका केही स्थानमा तारका जालीले बारेर ढुङ्गा राखिएको भएपनि पहिरो रोक्न प्रभावकारी भएको छैन । सडक सुचारु हुन नसक्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । अहिले जिल्ला भित्रने सवारी साधन तमैल सम्म आउने गरेका छन ।

प्रतिक्रिया जनाउनुहाेस्