राष्ट्रिय युवा संघ नेपालको बझाङ इन्चार्जमा सिँह

बझाङ ;नेपाल कम्युनिस्ट पार्टी एमालेकोे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बझाङको इन्चार्जको जिम्मेवारी लोकेन्द्र बहादुर सिहँ ((लोकेश)ले पाउनु भएको छ । राष्ट्रिय युवा संघ नेपाल २०७८को आयोजक कमिटी घोेषणा गर्दा केन्द्रिय सदस्य समेत रहनुभएका सिँहले जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको हो । बुंगल नगरपालिका घर भएका सिहले जिल्ला इन्चार्जको जिम्मेवारी पाएपछि उहाँले पार्टी र संगठनले दिएको जिम्मेवारी सफलतापुर्वक पुरा गर्ने बताउनुभएको छ । सबै युवाहरुलाई युवा संघमा आबद्ध गरेर अगाडि बढ्ने उहाँको भनाइ छ । उहाँले संगठनलाई सुदृढ गर्दै पार्टी र संगठनको हितमा काम गर्ने बताउनुभएको छ । त्यस्तै बझाङ बाट केन्द्रिय सदस्यमा हिक्मत बोहरा (हिलारी) र सबिता बिष्टले जिम्मेवारी पाउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको पुर्ण बैठेक र राष्ट्रिय अधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठेक नेकपा एमालेका बरीष्ट उपाध्यक्ष एवम नेपाल सरकारका उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आथित्यतामा भएको बैठेक बाट किरण पौडेलको संयोजत्वमा सन्जिव झा र क्रान्ती बुर्लाकोटी द्धय सह संयोजक रहेको ४ सय ५ सदस्यीय नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमीटी गठन गरेको छ । बैठेकलmे संगठनको विगतको राजनीतीक तथा सांगठनिक जीवनको बस्तुनिष्ट समिक्षा गर्दै आगामी कार्यभार लक्षित स्पष्ट मार्गचित्र अगाडी रासेको छ भने आगामी फागुन ११ देखी १३ गते सम्म संघको नवौँ राष्ट्रिय महाधिवेशन बाँके स्थित नेपालगंजमा भव्यताका साथ सम्पन्न गर्ने निर्यण समेत गरेको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...