बुङ्गल नगरपालिकाका नगर प्रमुख विष्टद्धारा प्रधानमन्त्री देउवालाई मागपत्र पेस

Image

बझाङ ;- जिल्लाको बुङ्गल नगरपालिकाका नगरप्रमुख धनवहादुर बिष्टद्धारा प्रधानमन्त्री देउवालाई मागपत्र पेस गरीएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्व राज्यमन्त्री नरेश बहादुर सिंह, नगर प्रमुख धनबहादुर बिष्टलगायत बुङ्गलका युवाहरूको सहभागीता गराई उक्त मागपत्र पेस गरिएको हो।

माग पत्रमा बित्थड– बुङ्गल सडक स्तरउन्नति, बाइसधारा विजगडा र झापा मोटर पुल निर्माण गर्न र कालङ्गा नदिको कटान रोक्न तट्बन्दनको लागि रकम उपलब्ध गराउन, माग गरीएको छ । त्यस्तै नगरपालिकाले निर्माण गरिरहेको क्रीकेट मौदानको निर्माण कार्य सम्पन्न गर्नका लागि आवश्यक रकम उपलब्ध गराउन, बड्डी ज्यावन, थानपाटन, पुरमचुली, बाइसधारा ,खोल्लेक, र धौलढुङ्गालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न तथा धार्मिक स्थलको साथै पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने उक्त माग पत्रमा उल्लेख गरिएको छ भने खिरातडी गाउँलाई नमुना बस्तिका रूपमा विकास गराउन पनि माग पत्रमा समिटीएको छ ।

सोहि माग पत्रमा त्रिवेणी आदर्श वहुमुखी क्याम्पसमा प्राध्यापकको दरबन्दी नभएकोले उक्त क्याम्पसमा प्राध्यापकको दरबन्दीका लागि आवश्यक पहलकदमि गर्न माग गरिएको छ । त्यसैगरी नगरपालिकामा १५ बेडको अस्पताल निर्माणाधिन अवस्थामा रहेको र उक्त अस्पतालमा प्रयाप्त स्रोत साधन साधनका साथै एउटा जनरल फिजिसयनको दरबन्दीको समेत माग गरिएको छ ।

प्रधानमन्त्री देउवाले त्यहाँका सडक, स्वास्थ्य, शिक्षा, विद्युतलगायतका समस्याबारे जानकार रहेको बताउँदै नगरपालिकाले पेस गरेका मागप्रती आफु सकारात्मक रहेको बताएका छन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन