बझाङ : पाँच दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग विहिबार दिउँसो बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक कमल चौधरीले बताए । राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन ।
आइतबार राती सडक तलतिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकमा पर्खाल निर्माण सम्पन्न भएपछि राजमार्गमा पूर्ण रुपमा सवारी आवागमन शुरु भएको छ । राजमार्ग संचालन आए संगै जिल्ला सदरमुकाम चैनपुर बाट धनगडी महेन्दनगर लगायत जिल्ला बाहिरिने रात्री सेवाका बसहरु छुटन थालेका छन । वर्षातको समयमा जयपृथ्वी राजमार्गको विभिन्न ठाँउमा पहिरो जाँदा बेलाबेलामा अवरुद्ध हुने गरेको छ । असार महिनामा मात्र ढोल्यामोड, तमैल, कचाली खोला, र नारुगौडामा सडक माथी बाट पहिरो आउदा चार पटक अवरुद्ध भएको थियो ।
पाँच दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग सुचारु

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन
