एमसीसी सम्झौताको विरुद्ध नेकपा विप्लव पार्टीद्धारा बझाङमा प्रदर्शन

Image

बझाङ;  नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले एमसीसी सम्झौताको विरुद्ध बझाङमा प्रदर्शन गरेको छ । सोमबार दिउँसो अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को विरोधमा सदरमुकाम चैनपुरमा प्रदर्शन गरेका छन ।

संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको एमसीसी परियोजना र नेपाल सरकारबीच भएको भनिएको सम्झौताले नेपाललाई फसाउने षड्यन्त्र गरिरहेको भन्दै विप्लव समुहले विभिन्न समयमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन जारी राखेको छ ।उत्तर साम्राज्यवाद र एकाधिकार पुँजीवाद र आर्थिक, वैचारिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको र सैन्य युद्धका रूपमा अभिव्यक्त भएकोले एमसीसी राष्ट्रहित विपररित रहेको नेकपाको ठहर छ ।
प्रदर्शनमो बैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकि सम्राज्यवाद मुर्दावाद, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएर सदरमुकाम परिक्रमा गरेका छन । राष्ट्रलाई आघात पुग्ने निर्णय नगर्न पनि खबरदारी गरिएको नेकपा बझाङले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्