बेताल भगवती कृषि सहकारी संस्था द्वारा कृषकहरुलाई नि.शुल्क फलफुलका बिरुवा वितरण

संन्जिता धामी, बझाङ/ जिल्लाकाे केदारस्युँ गाउँपालिकामा बेतल भगवती कृषि सहकारी संस्थाले कृषकहरूका लागि निशुल्क फलफूलका बिरुवाहरु वितरण गरिएको छ ।

मंगलबार कृषि ज्ञान केन्द्र बझाङकाे समन्वयमा बेताल भगवती कृषि सहकारी संस्था लिमिटेडले गाउँपालिका भरिका कृषकहरुलाई एक जना बराबर एक सय पचास वटा बाेट गरेर पाँच सय पचास जनालाई विरुवा बितरण गरेको कृषि ज्ञान केन्द्र बझाङका सुचना अधिकारी खडक खड्काले बताए । उनका अनुसार आँपका बोट ४५ सय , कागतिका ५५ सय , रुख कटहरका २ हजार  लिचिका १५ सय ,अनारका २५ सय, केराका ४५ सय, र अम्बाका १ हजार बोट गरेर जम्मा २१ हजार पाँच सय फलफुलका बाेट वितरण गरिएका हो।

संस्थाले गत बर्ष पनि गाउँपालिका भरिका कृषि गर्न चाहने कृषकहरुलाई टनेल, ट्याक्टर र बिउ बिजन बितरण गरेको थियो । “गत वर्ष गरेको संस्थाकाे सहयोगले गाउँ पालिकाका धेरै किसानहरु लाई आएआर्जन गर्न सजिलो भएको छ । टनेलमा विभिन्न किसिमका तरकारी तथा फलफुलहरु फलाएर स्थानीय बजारमा बिक्री गरेर आफ्नो जिविका आर्जनमा सहयोग पुगेको र राम्रो फेलेको बर्षमा त तरकारी र फलफूल बाटै बर्षमा लाखौ भन्दा पनि बढी कमाई हुने गरेको कृषकहरूको भनाई छ ।

फलफूलका बिरुवा वितरण गरेपछि राम्रो गर्ने किसानहरुलाई पछि पनि थप सहयोग गर्न , तालिमको ब्यवस्था गर्न पनि र थप प्रत्साहन भत्ता दिने भन्दै आफुहरुले बेलाबेला सबै कृषकको खेतबारीमा गई अनुगमन गर्ने गरेको बेताल भगवती कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हेमन्त भण्डारीले बताए ।

नेपाल कृषि प्रधान देश भएकोले पनि जिल्लाका अधिकांश मानिसहरुलाई कृषिमा निर्भर गराउन कृषि याेग्य जमिनको छनोट गरि ,कुन ठाउँमा कस्तो फलफूल र तरकारी फल्छ त्यस्तै फलफूलका बिरुवा वितरण गरेको र कृषकहरुलाई आत्मनिर्भर बनाउन अझै पनि आफ्नो संस्था बाट हुने सहयोगका लागि कुनै कसुर बाकि नराख्ने भन्डारीको भनाई छ ।

Loading...