ज्यावन समाज द्धारा अस्मीताको हत्यारालाई कारवाहिको माग

डडेल्धुरा: ज्यावन समाजले डडेल्धुराको परशुराम नगरपालिकाका—८ की अस्मीता धामीको हत्यारालाई हदै सम्मको कारवाहिको माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै समाजले हत्यामा संलग्नहरुलाई यथासिघ्र निष्पक्ष छानविन गरी दोषी उपर कारवाहिको माग गरेको हो । विभिन्न जिल्लाका ज्यावन समाजका समितिहरुले संयुक्त विज्ञप्ती जारी गरि घटना प्रती घोर भत्सर्ना गर्दै तत्काल घटनाको सत्य तथ्य र निश्पक्ष अनुसन्धान गरी दोषी पत्ता लगाइ हदै सम्मको कार्वाही र पिडितको उचित न्यायको माग गरेका छन् ।

हत्यामा संलग्नहरुको यथासिघ्र खोजी गरि दोषी उपर कारवाहि नगरे यसपछि उत्पन्न हुने सबै परिणामको जिम्मा सम्बन्धित निकायले लिनुपर्ने उल्लेख गरिएको छ । असार १ गते कोभिड–१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम जमरानीमा सकिएको थियो । चाहिएको भन्दा खोपको संख्या बढी भएपछि जमरानी आधारभूत स्वास्थ्य केन्द्र ईन्चाज रमेश बोहराले बाँकी खोप जोगबुडा अस्पताल पुगाउन लगाएका थिए । असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव गएको शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो ।

 

Loading...