बझाङ: स्टोरिज अफ नेपालले बझाङ जाजरकोट घर भई बझाङ सदरमुकाम चैनपुरमा डेरामा बस्दै आएकी एकल महिलालाई आर्थिक सहयोग गरेको छ । स्टोरिज अफ नेपालका संचालक जय पौडेलले जाजरकोट जिल्ला कुस्मा गाउँपालिका ३ घर भई १८ बर्ष देखी जिल्ला सदरमुकाम चैनपुरमा मजदुरी गरेर कोठा भाडामा बस्दै आएकी देविसरा पुनलाई नगद रु २५ हजार सहयोग गरेको हो ।
गत बैशाखमा जडिबुटी संकलनका लागि जंगल गएका बेला श्रीमान खडक पुनको भिरबाट लडेर मृत्यु भएपछि यो परिवारको विचल्लि भयको थियो । चैनपुर बजारमा मजदुरी गर्दै गुजारा चलाउदै आएकि देविसराले सरकारले लकडाउन घोषणा गरेपछी मजदुरी गर्न नपाँउदा श्रीमानको काज किरिया गर्दा लागेको खर्च र कोठा भाँडा तिर्न र छोरा, छोरीको विध्यालयमा फिस तिर्न पनि समस्या भयको थियो ।
देविसराको परिवारमा भएको दुखत घटनालाई पत्रकार महासंघका बझाङ शाखाका पुर्व अध्यक्ष जगदीश रोकायाले स्टोरिज अफ नेपालका संचालक जय पौड्यलसंग समन्वय गरेर उक्त घटनाको जानकारी गराएपछी पौडेलले आर्थिक सहयोग गरेका हुन । पत्रकार रोकायाले आज उक्त रकम एकल महिला देविसरालाई हस्तान्तरण गरेका छन । देविसराका एक छोरा र दुई छोरी छन् ।