बझाङ : बझाङको सदरमुकाम चैनपुरमा नव निर्मित पानकोट मोटरेवल पुलमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ ।
एक हप्ता अघि निमार्ण सम्पन्न भएको उक्त पुलमा युवाहरू मिलेर १० वटा राष्ट्रिय झण्डा राखेका हुन । युवाहरू मिलेर शुक्रवार एक कार्यक्रमको आयोजना गरी ८ ओटा साना र २ ओटा ठुला गरी १० वटा झण्डाहरु राखेका हुन । पुल निमार्ण भए सँगै सेल्फी खिच्ने, टिकटक बनाउने र नदी बाट प्रवाह हुने चिसो हावा लिनेहरूको भिड लाग्न थालेको छ । पुलमा आवतजावत बढी हुने गरेपछि सबैमा देशभक्तिको भावना जागरूक गराउन राष्ट्रिय झण्डा राखिएको बताइएको छ । साथै राष्ट्रिय झन्डाले पुललाई थप आकर्षित गरेको समेत युवाहरूले बताएका छन् ।