बझाङको केदारस्युमा करेन्ट लागेर एक महिलाको मृत्यु

Image

बझाङ: बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पोलमा प्रवाह भएको करेन्ट लागेर केदारस्युँ गाउँपालिका वडा नम्बर १ डुडिलकी ५१ वर्षीया उजलीदेवी बोहरा मृत्यु भयको प्रहरीले जनाएको छ ।

शनिबार बिहान परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर पोलमा करेन्ट प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङले जनाएको छ । बिजुलीको पोलमा चट्याङ परेको र चट्याङले तार अडयाउने पिन ईन्सुलेटर फुटदा तार पोलमा टासिएको थियो । हावाहुरीका कारण शुक्रबार डडेल्धुराम अवरुद्ध भएको विधुत सेवा शनिबार बिहान सुचारु भयको थियो । बिधुत सुचारु भय पछि पोलमा चट्याङ परेको र पोलमा करेन्ट प्रवाह हुँदा बोहराले ज्यान गुमाउनु परेको वितरण केन्द्रको भनाई छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन