बझाङमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना १९ वर्षपछि पक्राउ

बझाङ : बझाङमा कर्तव्य ज्यान उद्योग मुद्दामा २० वर्ष कैद सजाय भई फरार रहेका एक जना १९ वर्षपछि पक्राउ परेका छन् । २०५८ सालको साउन १० गते मष्टा गाउँपालिका ६ का जय बहादुर रोकायालाई खुकुरीले प्रहार गरी मारेको आरोपमा मष्टा गाउँपालिका ५ का ४७ वर्षीय ज्ञानु बोहरा भनिने ज्ञान बहादुर बोहरा बिहीबार पक्राउ परेका हुन । केही व्यक्तिलाई यसअघि नै पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो ।

घटनास्थलबाटै भागी फरार भएका उनलाई बझाङ जिल्ला अदालतको मिति २०६३ माघ १९ गतेको फैसलाले २० वर्ष कैद सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनलाई बिहीबार कैद भुक्तानका लागि जिल्ला अदालत बझाङमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिंह कार्कीले बताउनुभयो ।

janahit ma jari sandesh
Masta R.M
Loading...