बझाङमा दोहोरो नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बझाङ: बझाङ प्रहरीले दोहोरो नागरिकता कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । दोहोरो नागरिकता लिएको कसुरमा मुद्दा खेपी फरार रहेका सुर्मा गाउँपालिका १ का ३० वर्षीय हरिश भन्ने जहरी बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमल चौधरीले बताए ।

निज पहिले जहरी बोहराको नाम बाट जिल्ला प्रसासन कार्यालय बझाङ बाट नागरिकता लिएको पछि हरिष बोहराको नाम बाट अर्को नागरिकता लिएका थिए । जिल्ला अदालत बझाङले दोहोरो नागरिकता कसुरमा उनलाई २०७१ जेठ २७ गते ११ महिना ३ दिन कैद र २० हजार जरिवानाको सजाय सुनाएको थियो । अदालतको फैसला पछि उनी फरार रहेका थिए । प्रहरीले खोजतलासी गर्दा निजलाई उनककै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । बोहरालाई कैद र जरिवाना भुक्तानको लागि कारागार चलान गरिएको छ ।

Loading...