बझाङमा रुखमा झुन्डिएको अवस्थामा बालिकाको शव भेटियो

Image

सन्जिता धामी:  दुर्गाथलि गाउँ पालिका वडा नं ३ रकैलमा एक बालिकाकाे शंकास्पद मृत्यु भएको छ । साेही वडाकी ११ वर्षिया अनिता नेपालीकाे घर नजिकै बाँझको रुखमा झुन्डिएको अवस्थामा शव भेटिएकाे छ ।  शनिबार बिहान बाख्रा हेर्न गएकि अनिता बेलुका ६ बजे सम्म घर नफर्किदा आफन्तले खोजी कार्य गरेका थिए खोजी कार्य गर्दा आफ्नै घर नजिकै सेला भन्ने ठाउँमा बाँझको रुखमा झुन्डिएको अवस्थामा भेटिएकाे  जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र सिह कार्किले बताए ।

छाेरीले आत्माहत्या गर्नुपर्ने कुनै त्यस्ताे कारण नभएकाे भन्दै मृतकका बुवा हरि नेपालिले घटना संकास्पत भएकाे बताए । हत्या गरी आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको वा आत्माहत्या नै भएकाे  अनुसन्धान हुनुपर्ने उनकाे भनाई छ ।  शव पाेष्टमार्टमका लागी जिल्ला अस्पताल  सिमखेतमा राखिएकाे छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीकाे भनाई छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन