नयाँ बर्षको पुर्वसन्ध्यामा विपन्न परिवारलाई राहात वितरण

बझाङ:- बझाङको केदारस्युँ गाँउपालिकामा नयाँ बर्षको पुर्वसन्ध्यामा विपन्न तथा दलित परिवारलाई राहात वितरण गरिएको छ । एक्सिस टु हेभ नट्स अभियानले विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको हो । थलारा गाउँपालिका १ मा अस्थायी आवास भएका केदारस्युँ १ का भुमि नेपाली र थलारा गाउँपालिका १ पिपलकोट घरभई केदारस्युँ गाउँपालिका १ देउरामा बस्दै आएका विष्णुनाथ जोशीलाई राहात दिईएको अभियानका संयोजक डडेल्धुराका राजेन्द्र भट्टले बताए ।

भुमी नेपालीको परिवारलाई ५०/५० किलो चामल र गहुँ, ४ किलो दाल, २ किलो नुन, २ प्याकेट तेल लगायत दैनिक उपभोग्यका अन्य सामान वितरण गरीएको छ । यस्तै २०५७ सालदेखि केदारस्युँ गााउपालिकाको देउरामा बस्दै आएका जोशीको परिवारलाई १५ किलो चामल सहित दाल, चिनी, नुन, तेल, साबुन, मसला लगायत दैनिक उपभोग्यका सामान राहत शोरुप प्रदान गरीएको छ ।

नयाँ बर्ष नेपालीहरुको महान पर्व भएको र नयाँ बर्ष विपन्न परिवारहरुलाई खल्लो महसुस नहोस भन्नका लागी आफुहरुले राहात वितरण गरेको अभियानका सह संयोजक शुमन भण्डारीले बताए । हरेक बर्ष चाडपर्व आए संगै हुने नैरस्यता यस बर्षको नयाँ बर्षमा नहुने भुमी नेपालीको भनाई छ । चाडपर्व आए संगै बालबालिकाहरुले मिठोमसिनो खाने र राम्रो लुगा लगाउने चाहाना राख्ने गरेको र आफुले गाँउगााउ गएर माग्दै आएको भए पनि यस बर्ष माग्नुपर्ने अवस्था नआएको उनको भनाई छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...