बझाङ ,कर्ण धामी
चिनको उहान सहरबाट उत्पती भएको कोरोना भाईरस ( कोभिड १९ )नेपालमा गत चैत्र ११ गते देखि सुरु भयो, कोरोनाका कारण चैत्र ११ गते नै लगडाउन गर्याे , लकडाउन हुनै बित्तिकै बिदेशीएका युवा नेपाल फर्किय बेरोजगार भएर घरमै बस्न बाध्य भए , यो कथा नेपालका धेरै ठाउको बिडम्बना हो ।
लकडाउन पछि घर फर्किएका बझाङ जिल्लाका युवा कृषि क्षेत्रमा लागानी गरीरहेका छन । पछिल्लो समय कोरोना भाइरसका कारण लकडाउन गरे पछि स्वदेश फर्केर कृषि क्षेत्रमा लागेकाे पाइन्छ । तर पछिल्लो समय पानी नप्रर्दा कृषि बालीनालिलाई क्षेती गर्दै आएको छ ।
जिल्लाको थलारा गाउँपालिका वडा न २ दङार्जी का बिभाजित टोलमा पानी नप्रर्दा खडेरी परेको छ । वडा न २ बगाडा टोल, कफलकाडा टोल, धनाडा टोल , कात्रा टोल बेराडी टोल ,एनबाडा टोल र तोतिबाडा लागाएतका टोलमा करिब छ सय परिवारको बालिनालीमा पुर्णरुपमा नस्ट गरेको छ ।
थलारा गाउपालिका वडा न २ का स्थानिय सेर बहादुर खातिका अनुसार अधिल्लो बर्ष पनि पानी परेन , एस्पाली पनि पानी परेन ,हामी आकासे पानीको भरमा हुन्छौ , पानी नपरेर खडेरीले खेतको वालिनानी सबै सकिदियो , नस्ट भैसक्यो , कमाई गर्ने समयमा लकडाउन गर्यो , बिदेश गएका सबै दाजुभाईहरु घर फर्के, घर फर्केर खेतिपातित गरीराखेका थिय त्यै पनि पानी नपरेर पुरै खतम भो , अब दैनिकी गुजारा चलाउन पनि साह्रै समस्या भयो बिन्ती छ यो कुरा सरकार कहाँ पुर्याईदिनु उहाँले बताए ।
पालिकाले अन्नको भण्डारको रुपमा लिएको वडा न २ दङार्जी अहिले खडेरीले कुच्याएको छ । हेरेक बर्ष झै यो बर्ष बालिनाली भएको छैन, चैत्रमा काट्नु पर्ने गहु माटोमै बराबर भएका छन , खडेरीले नस्ट गरेको छ , अहिले खाए बेलुकिको खाना के खाने भन्ने चिन्ता गर्ने त्यहाँका समुदायहरु छन , पानीनै नपरेर खडेरी परीरहदा स्थानीय सरकारको नजर नगएको धेरै स्थानियको आरोप छ । तर यता स्थानीय सरकार तथा थलारा गाउपालिकाले भने त्यो बारे थाहा नभएको बताउनु भयो ।
पालिकाले अब खान नै नपुगेकालाई छिटै ब्यबस्थापन तिर लाग्ने र थप स्वयम् गाउँपालिका अध्यक्ष आफै गएर अनुगमन गरेर त्यहाका जनताको समस्यालाई बुझेर ब्यबस्थापनको बाटोमा लाग्ने अध्यक्ष भुवनेस्वर उपाध्यायले बताए ।