बझाङमा नमुना युवा संसदद्धारा सत्ता सञ्चालनको अभ्यास

Image

बझाङ:- युवाहरूको क्षमता बुद्धि तथा सशक्तिकरणका लागि बझाङको खप्तडछान्ना गाँएपालिकामा नमुना युवा संसदद्धारा सत्ता सञ्चालनको अभ्यास सम्पन्न भएको छ । गाँउपालिकाको पसलबगरमा २ दिन सम्म सञ्चालन भएको युवा संसद स्थापना र अभ्यास कार्यक्रममा नमुना युवा संसदहरुले सत्ता सञ्चालनको बिधि र प्रक्रियाको अभ्यास गरेका छन । खप्तडछान्ना गाँउपालिका र जिल्ला युवा समितिको समन्वयमा संसद सञ्चालनको प्रक्रिया बारे जानकारी गराउन युवा संसद अभ्यास गरिएको हो । युवाहरुलाई संसदीय अभ्यास, मुल्य मान्यता, मर्यादा र संसद सञ्चालनको प्रक्रिया बारे जानकारी गराउने उदेश्यले संसद स्थापना र अभ्यास कार्यक्रम राखिएको जिल्ला युवा समिति बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले बताए । उनले भने युवाहरको नेतृत्व बिकासका लागि भूमिका निर्वाह गर्ने गरी युवा संसद स्थापना र अभ्यास कार्यक्रमबाट राष्ट्रपति देखि प्रधानमन्त्री, सभामुख, उपसभामुख, बिभिन्न मन्त्री, प्रमुख सचेतक लगायतको निर्वाचन गरिएको थियो । कार्यक्रममा ७ वडाबाट ३ जनाका दरले २१ जना र गाँउपालिका भरिका माद्यामिक विद्यालय बाट प्रतिनिधित्व हुने गरी ६२ जना २४ वर्षमुनिका युवाहरुको सहभागिता रहेको थियो ।
मंगलबारबाट सुरु युवा संसदीय अभ्यास कार्यक्रमको विहीबार संसदमा बिभिन्न जिम्मेवारी पाएका युवाहरुले नमुना संसद सञ्चालन गरेर सत्ता पक्ष र प्रतिपक्षको भूमिका निभाएका थिए । राष्ट्रपति फुलुकुमारी रोकाया, प्रधानमन्त्रीमा सरेन्द्र रावल, सभामुखमा रेखा सुनार, गृहमन्त्रीमा योगेन्द्र भटराई, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पुजा जेठारा, श्रम तथा रोजगार मन्त्री राजेश्वरी रोकाया, स्वास्थ्य मन्त्री शिल्पा सुनार, अर्थ तथा योजना मन्त्री लोकेन्द्र गिरी, महासचिव सृष्टि लम्साल, प्रतिपक्ष दलको नेता केशव ओखेडा, मुख्य सचेत सृष्टि थापा, प्रमुख सचेतक अन्जना कार्की लगायतको भूमिका साह्रै लोभ लाग्दो रहेको थियो । संसदमा सार्वजनिक जरुरीको प्रस्ताव र नीती तथा कार्यक्रम प्रस्तुत भएको थियो । सहभागीहरुले मर्यादित भएर आफ्ना कुराहरु कसरी राख्ने, सत्ता पक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिनेलगायतका यावत कुराहरु सिकाइ भएको र सबै पक्षलाई समेटेर कसरी टिमको नेतृत्व गर्ने भन्ने सिकाई भएको बताएका छन् ।
संसद सञ्चालनमा बोल्नको लागि २ वटा समय छुट्टाइएको थियो । शुन्य समय र बिशेष समयमा ८ जना संसदले बिभिन्न बिषयमाथी सरकारको ध्यानाकषर्ण गराएका थिए । सत्तापक्षले सरकारको बचाउ गरेको र प्रतिपक्षले सरकारको बिरोध गरेको बिषय बस्तु उठान गरेर अभ्यास गरेका थिए । संसदहरुले उठाएका बिषयबस्तु माथी नमुना युवा प्रधानमन्त्रीले संसदलाई जवाफ समेत दिएका थिए । युवा पुस्तामा यस्तो ज्ञान आवश्यक रहेको र यस्तो खाले अभ्यासले युवालाई देशको नितिनिमार्णमा समेत सहज भुमिका खेल्न सक्ने सहभागिहरुको भनाई छ । सांसदले नै सिक्नु पर्ने मुल्य मान्यता, मर्यादा र संसद सञ्चालनको प्रक्रियाको अवसर आफुहरुले पाउँदा खुसी लागेको नमुना युवा प्रधानमन्त्री सरेन्द्र रावलले बताए ।
अहिलेका युवा भबिश्यमा कुनैपनि जिम्मेवारीमा पुग्न सक्ने भएकाले यो अभ्यास सिक्नु र जान्नुपर्ने आबश्यक रहेको खप्तडछान्ना गाँउपालिकाका अध्यक्ष वर्क रोकायाले बताए । राजनिति परिर्वतनको शक्ति भएकाले अहिले नमुना जिम्मेवारी पाएका युवाहरुले भबिश्यमा यहिँ जिम्मेवारी लिनसक्ने गरि क्षमता बिकास गरेर अगाडी बढनु पर्नेमा जोड दिए । उनले भने युवाहरु गरि रहेको संसदिय अभ्यास देख्दा साच्चै नै संसद चलेको जस्तो अनुभूति भइरहेको थियो । अहिलेका युवा भनेका भबिश्यमा देशको जिम्मेवारी काँधमा लिएर हिडने युवा भएकाले नमुना संसदीय अभ्यास जरुरी छ । युवाहरुके नेतृत्व विकासका लागी गाँएपालिकाले सक्दो सहयोग गर्ने उनको भनाई छ ।

प्रतिक्रिया जनाउनुहाेस्