गाँउमा विजुली बलेपछि केदारस्युँ ६ का स्थानिय हर्षित

मकरराज धामी, बझाङ: गाँउमा विजुली बले पछि केदारस्युँ गाँउपालिका वडा नं ६ का स्थानिय खुसी भएका छन । गाँउ नजिकैको दोगडे खोलामा लघुजलविधुत आयोजना निमार्ण भई संचालनमा आए पछि विनाडा, भाडसैन, त्याडिगाँउ, र गाँजरीका स्थानिय खुसी भएका छन । २०७० साल देखि निमार्णाधिन अवस्थामा रहेको ५५ किलोवाट क्षमताको दोगडे लघुजलविधुत आयोजनाको निमार्ण कार्य सम्पन्न भए संगै मंगलबार देखि विजुली बाल्न सुरु गरिएको छ । सात बर्ष पछि गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयबासी खुसी भएका छन् ।

बैकल्पीक उर्जा, केदारस्यु गाँउपालिका र वडा कार्यालयलको गरी २ करोड बढीको लागतमा आयोजना सम्पन्न भएको आयोजनाका अध्यक्ष विर्ख गुर्धामीले बताए । उनले भने यो आयोजना बाट वडाको विनाडा, भाडसैन, त्याडिगाँउ, गाँजरी, थापागाउँ, सिङराली ,गोठेखान र रोतागाडाका करिब ५ सय धुरी लाभावन्तित भएका छन । थापागाउँ, सिङराली ,गोठेखान र रोतागाडामा घर वाईरिङ्ग्को काम भैरहेको ले चाँडै विजुली बल्छ । आफुहरुले टनकपुरमा नुन ल्याउन जाँदा मात्र विजुली देखेको र यसरी गाँउमै विजुली बलेको देख्छु भन्ने आशा नभएको ७० बर्षका धिर्क धामीले बताए । उनले खुसी हुदैँ भने हेर्दा हेदै गाँउमा विजुलि बल्यो । मन साह्र खुसी भएको छ ।

विद्युत् नहुँदा उज्यालोबाट बञ्चित हुनुका साथै इलेक्ट्रनिक सामान प्रयोग गर्न नपाएका स्थानीय विद्युत् उत्पादनसँगै हर्षित भएका छन् । गाउँमा मोबाइल प्रयोगकर्ताको संख्या बढे पनि चार्ज गर्न समस्या थियो । जस्को घरमा सोलार छ त्यतै गएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता यहाँ थियो । गाँउमा बिजुली बलेसँगै यो समस्या समाधान हुने स्थानीय खडक धामीले बताए । बिजुली हुँदा गाउँमा कम्प्युटर प्रयोगकर्ताका साथै टिभी चलाउनेको संख्या पनि बढने उनको भनाइ छ । गाँउमा विजुली नहुँदा स्थानियहरु सौर्य उर्जाको भरमा चलिरहेका थिए ।

Hohel Kananga
Loading...