खप्तडछान्ना गाँउपालिकामा विष सेवन गरेर एक जनाको मृत्यु

Image
फाईल तस्विर

बझाङ बझाङको खप्तडछान्ना गाउँपालिका –१ मायापाटाका एक युवाको विष सेवन गर्दा मृत्यु भएको छ । सोमबार राति विष सेवन गरेका ४० वर्षीय ज्ञान बहादुर जेठारालाइ उपचारका क्रममा जिल्ला अस्पताल सिमखेतमा सोमबारनै मृत्यु भएको हो ।
उपचारका लागि जिल्ला अस्पतालमा ल्याएका जेठाराको उपचारकै क्रममा मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा। सन्दिप ओखेडाले बताउनु भयो । विष सेवन गर्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी नरेन्द्र सिंह कार्कीले बताउनु भएको छ । मृतकको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन