बझाङ : बझाङमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुङगल नगरपालिकाका एक ४४ बर्षिया बुबा रहेका छन । फागुन २२ गते राती आफ्नै कोठामा सुतिरहेकी १३ बर्षिया नावालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पिडीत बालिकाकी आमाले प्रहरीमा दिएको घटना बयान अनुसार रातीखाना खाएर दुबैजना श्रीमान श्रीमती र एक छोरा खाटमा सुतेका थिए । छोरी भुईमा सुतेकी थिए । राती खाटमा अप्ठयारो भयो भनेर श्रीमान भुईमा गए । राती ११ बजेतिर छोरी चिच्याउन थालेको सुनेर के भयो भनेर सोध्दा बलात्कार भएको रहेछ । त्यसपछि श्रीमान् श्रीमती बीच झगडा भयो र श्रीमान घटना भएकै दिन देखि फरार भएका थिए । सुतिरहेका बेला छोरीलाई बलात्कार गरेको भन्दै बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी गरेकी थिइन् ।
पिडीत बालिकाकी आमाले दिएको जाहेरीका आधारमा आरोपि लाई वित्थडचिर गाँउपालिकाको देउलेख बाट पक्राउ गरिएका प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर बलात्कार आरोपिलाई सार्वजनिक गरेको हो । आरोपितलाई जवरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न ५ दिने म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाको भनाई छ ।