बझाङ: बुङगल नगरपालिका २ मा रहेको डोलारी मन्दीरमा आगलागी भएको छ । शिवरात्रीको दिन दिउसो भएको आगलागी बाट मन्दीर पुरै जलेको छ । आगलागी बाट लाखौको क्षति भएको स्थानियले बताएका छन । मलेराको डाँडामा रहेको डोलारी मन्दीरमा शिवरात्रीको दिन आगलागी कसरी भयो भन्ने विषयमा थाहा नभएको स्थानिय राम धामीले बताए । उनले भने मन्दीरमा भक्तजनहरुले मन्दिरमा सुनचाँदी तथा तामा, पितलका मुर्ती चढाउने गरेका छन । आगलागी बाट लाखौका मुर्ती जलेर माटोमा मिसिएका छन । शिवरात्रीमा कुनै पुजाको कार्यक्रम थिएन । आगलागी बाट देवतालाई चढाएको सुनचाँदी, र लाखौका तामा र पितलका मुर्ती जलेको धामीको भनाई छ ।
डोलारी देवता शक्तिशाली देवता भएकोले ज्यावनी समुदाय बाहेकका अन्य भक्तजनहरु पनि पुजा गर्न तथा दर्शनका लागी आउने गरेका छन । बुङगल क्षेत्रकै प्रसिद्ध मन्दीरको रुपमा रहेको यो मन्दीरमा नयाँ बर्ष तथा दशैतिहारमा भव्य पुजा हुने गरेको छ । दशैतिहार तथा नयाँ बर्षमा डोलारीको दर्शन गर्न हजारौको भिड हुने गर्दछ । यो मन्दीरमा सुदुरपश्चिम भरी बसोबास गर्ने ज्यावनी समुदाय लगायत अन्य भक्तजनहरु पनि आउने गरेका छन ।