बाह्रदेउ थान ज्यावन विकास समाजको अध्यक्षमा धामी चयन

बझाङ– बाह्रदेउ थान ज्यावन विकास समाजको अध्यक्षमा कल्यान धामी चयन भएका छन् बझाङको बुङ्गल नगरपालिका वडा नं २ पौडीमा शुक्रबार ज्यावनी समुदायको बैंठेक बसि अध्यक्षमा कल्यान धामी सहित १५ सदस्यीय र १९ जना सल्लाहकार चयन भएका छन्। जसको अध्यक्षमा कल्यान धामी सचिवमा आनन्द धामी कोषाध्यक्ष सीता देवि धामी र सल्लाहकार संयोजकमा सहदेव बोहरा लगायत अन्य १९ सदस्यीय गठन भएको सल्लाहकार सहदेव बोहराले जानकारी दिए ।जिल्लाको बुङ्गल नगरपालिका अन्तर्गत विभिन्न गाउँका ज्यावनबासी जिल्ला भित्र र बाहिरका विभिन्न ठाउँमा बस्ने ज्यावनी समुदायको सक्रिय सहभागिता हुने गरि ज्यावन क्षेत्रका पर्यटकिय स्थल बाह्रदेउ बड्डी ज्यावन ,थानपाठन , धौला ढुङ्गा ,मराड लगाएतका पर्यटकिय स्थल, संरक्षण पर्यटन प्रबर्द्धन तथा विकासलाई अगाडि बढाउनको लागि र विभिन्न किसिमका संकृतिहरुलाई लोभ हुन नदिन र पर्यटकीय सम्भावनाहरु उजागरण गर्ने उद्देश्यले यस उक्त संस्थाको स्थापना गरिएको बाह्रदेउ थान ज्यावन विकास समाज सचिव आनन्द धामीले बताए ।

janahit ma jari sandesh
Masta R.M
Loading...