बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत तीन हजार बढीलाई रोजगार

Image

मकरराज धामी , बझाङ;- बझाङमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत १२ वटै स्थानिय तहका ३ हजार ५ सय २९ हजार युवाले सय दिन बराबरको रोजगारी पाउने भएका छन । सरकारले युवालाई लक्षित गर्दै कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा बेरोजगारलाई लगाएर उनीहरुलाई रोजगारी दिने योजनाअन्तर्गत गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको थियो । यो कार्यक्रम अन्र्तगत कामदारलाई सरकारले दैनिक पाँच सय १७ रुपैयाँ ज्याला दिने गर्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत केन्द्र बाट ज्याला बाफतको रकम मात्र आउने भएकाले स्थानिय तहले दक्ष जनशक्ति र आवश्यक निमार्ण सामाग्रीका लागी बजेट छुटयाउन सके यो कार्यक्रम झनै प्रभावकारी र दिगो हुने जयपृथ्वी नगरपालिकाका रोजगार संयोजक रामचन्द्र धामीले बताए । उनले भने जिल्लामा यो कार्यक्रम अन्र्तगत कुलो, नहर, बाटो, खानेपानी निमार्ण, सामुदायिक वन संरक्षण, वृक्षारोपण, सडक मर्मत, तटबन्धन जस्ता निमार्णका कामहरु हुदै आएका छन ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत बुङगल नगरपालिकामा ७ सय २० जना, जयपृथ्वी नगरपालिकामा ३ सय १६ जना, केदारस्यु गाँउपालिकामा ३ सय ९ जना, थलारा गााउपालिकामा ४ सय ६५ जना, तलकोट गाँउपालिकामा ४ सय ४ जना, दुर्गाथली गााउपालिकामा १ सय ५६ जना, छविसपाथीभेरा गाँउपालिकामा १ सय ३६ जना, खप्तडछान्ना गााउपालिकामा १ सय २९ जना, सुर्मा गााउपालिकामा २ सय ४४ जना मष्टा गाँउपालिकामा २ सय ३४, साईपाल गाँउपालिकामा १ सय २९ जना र वित्थडचिर गाँउपालिकामा २ सय ८७ जना गरी जिल्ला भरी ३ हजार ५ सय २९ जनाले रोजगारी पाउने पाएका छन । यसबाट एकातिर गाँउमा विकास भई रहेको छ भने अर्का तर्फ आर्थिक विपन्न परिवार तथा बेरोजगारहरुले रोजगार पनि पाईरहेका छ । यस आर्थिक बर्षमा मात्र स्वरोजगार कार्यक्रम अन्र्तगत करिब १७ करोड बराबरको विकास निमार्णका काम सुरु भएका छन । जयपृथ्वी नगरपालिकाका ३ सय १६ जना बेरोजगारहरुले सय दिन बराबरको कामबाट १ करोड ६३ लाख ३८ हजार रुपैया पाउने भएका छन । बुङगल नगरपालिकामा यस आर्थिक बर्षमा ७ सय २० जनाले ३ करोड ७२ लाख २४ हजार पाउने भएका छन । यस्तै यो कार्यक्रममा सडक निमार्ण, तटबन्धन र वडा कार्यालयमा ज्यालाको काम भईरहेको छ । काम गरे बाफतको रकम सिधै उनीहरुको बैक खातामा जाने भएकाले आर्थिक अनियमितता हुने सम्भावना कम छ ।

बेरोजगारहरुले आर्थिक बर्ष २०७७÷०७८ को साउन भदौमा रोजगारका लागी स्थानिय तहमा आवेदन भरेका थिए । रोजगारका लागी आवेदन दिनेमा सबैभन्दा बढी बुंगल नगरपालिकामा ३ हजार ४ सय ३९ जना र सबै भन्दा कम साईपाल गाँउपालिकामा २ सय ५१ जनाले आवेदन दिएका थिए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत गत बर्ष विभिन्न पुर्वाधार निमार्णका कामहरु गरेको र यस बर्ष पनि पुर्वाधार विकासमै जोड दिईएको तल्कोट गाँउपालिका रोजगार संयोजक पुष्कर सिंहले बताए । उनले भने योजनाहरुको दिगोपनका लागी समेत गााउपालिका संग सहकार्य गरेर अघि बढीरहेका छौ । सरकारले काम गर्दा हुने घटनालाई मध्यनजर गर्दै कामदारहरुको विमा समेत गर्ने गरेका छ । यस कार्यक्रमले धेरै जसो विपन्न परिवारलाई राहात पुगेको उनको भनाई छ । रोजगार कार्यक्रमबाट आफुहरुको दैनिक जिवनयापनमा सहज भएको यो कार्यक्रममा सहभागिहरुको भनाई छ । बर्षभरि बेरोजगार भएर बस्नुपर्दाको पिडालाई सम्झदै जयपृथ्वी नगरपालिका वडा नं १ की पाउसरा सिंहले यो कार्यक्रम सुरु भए संगै घरखर्च चलाउन सहज भएको बताईन । उनले भनिन् अहिले हामीहरु आफ्नै गाउमा बाटो निमार्णको काम गरिरहेका छौ । अब त्यहाँ बाट आउने पैसाले बालबालिकाको पढाई खर्च, लुगाकपडा किन्न समेत सहयोग पुग्ने भएको छ । कार्यक्रम अन्र्तगत काम गर्दै गर्दा रोजगार संगसंगै सिप पनि सिकिरहेको उनको भनाई छ ।

प्रतिक्रिया जनाउनुहाेस्