साइबर अपराधबाट जोगिन विद्यार्थीहरुसँग सचेतनामुलक कार्यक्रम

बझाङ  जिल्ला प्रहरी कार्यालय बझाङले सामाजिक संजालमा हुने अपराध तथा साइबर अपराधबाट जोगिन मंङ्गलबार विद्यार्थीहरुसँग सचेतनामुलक कार्यक्रम गरेको छ । साथै जिल्ला प्रहरी कार्यालयबाट दिइने सेवाहरुको बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराएको थियो ।  सदरमुकाम नजिकै रहेको सत्यवादी मावि भोपुरका ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई सामाजिक संजाल तथा साइवर अपराधको बारेमा जानकारी गराएको छ । अहिले सामाजिक संजालबाट धेरै जसो घटनाहरु घट्ने तथा अपराधहरु हुने गरेकाले त्यसलाई न्युनिकरण गर्नको लागि सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रुपक खड्काले बताउनु भयो । विद्यार्थीले आफ्नो घर तथा समाजमा पनि गएर सामाजिक संजाल चलाउने व्यक्तिहरुलाई सचेत गराउन सक्ने हुनाले विद्यार्थीसँग उक्त कार्यक्रम गरिएको खड्काले बताउनु भयो ।

Hohel Kananga
Loading...