बझाङमा चितुवाको छाला सहित एक जना पक्राउ

बझाङ:-बझाङको बुङगल नगरपालिका बाट १थान चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुङगल नगरपालिका वडा नं ८ दासपाला बस्ने ४० वर्षीय रधुबीर बोहरा रहेका छन । बोहरालाई विशेष सुचनाको आधारमा नगरपालिकाको वडा नं-८ मसानिसेरा भन्ने ठाँउ बाट शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीटोलीले बोहरालाई छालासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए ।

Samajik
Bithadchir 2
Loading...