बझाङ: बझाङको बुगंल नगरपालिका–४ बैसेलीका एक वृद्धले बुगंल नगर अपाङ्ग संघलाई निःशुल्क रुपमा जग्गा दान गरेका छन् । बैसेलीका स्थानीय ८२ वर्षीय वृद्ध धिर्क बहादुर सिंहले बुगंल नगर अपाङ्ग संघको भवन निमार्णका लागी २ रोपनी जग्गा दान गरेका हुन । विहिबार एक कार्यक्रमका विच सिंहले बुगंल नगरपालिका वडा नं ४ झापा स्थिति ईलाका प्रहरी कार्यालय नजिकै रहेको जग्गा संघलाई दिने घोषणा गरेका छन । सोही कार्यक्रममा जग्गा दान गर्ने सिंहलाई फुलमाला, अविर र दोसल्ला ओढाई सम्मान पनि गरिएको छ ।
अबको एक हप्ता भित्र जग्गा बुगंल नगर अपाङ्ग संघका पास गर्ने सम्झौता भईसकेको बुगंल नगर अपाङ्ग संघका सचिव जगत नाथले बताए । उनले भने नगरपालिकाले भवन निमार्णका लागी आवश्यक आर्थिक सहयोग गर्ने भनेको छ । अव निकट भविश्यमै अपाङ्ग मैत्री भवन निमार्णका लागी पहल गरि रहेका छौँ । नगरपालिका भित्रका फरक क्षमता भएका व्यक्तिहरुको शारारिक अवस्था अनुसारका विभिन्न शीपमुलक कार्यक्रम संचालनका साथै बसोबासको आवश्यक प्रबन्धका लागी भवन निमार्ण गर्न लागिएको उनको भनाई छ ।