बैतडी बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन । सार्वजनिक पदमा रहेका एक व्यक्तिलाई कञ्चनपुरबाट पक्राउ गरेर बैतडी ल्याइएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय बैतडीले दिएकाे जानकारी अनुसार घटनामा उनको संलग्नता देखिने केही आधार भेटिएको छ । पक्राउ गरिएका व्यक्त्तीको शारीरको विभिन्न भागमा चिथोरिएको जस्तो चोट देखिएको छ । उनले रुखबाट लडेर घाउ भएको दाबी गरे पनि चिकित्सकले भने रुखबाट लडेको जस्तो नदेखिने बताएका छन् । वस्तुस्थितिले संकेत गरेपनि उनले अभियोग स्वीकार नगरेकाे प्रहरीकाे भनाई छ ।
जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमको प्र प्रहरीको म्यानुअल अनुसन्धानको अनुमान अनुसार भट्टको हत्या २ देखि ३ बजेको बीचमा भएको हो । स्रोतका अनुसार उनी २१ माघमा चार बजेतिर अपराधस्थल वरपरी देखिएका थिए ।उनले विगतमा पनि महिलाहरुमाथि दुर्व्यवहारजन्य गतिविधि गर्ने प्रयास गरेको पाइएको प्रहरी प्रहरी अनुसन्धान बाट खुलेकाे छ । भागरथी हत्या प्रकरणपछि भने उनी भारततिर भाग्न खोजेको प्रहरीको आशंका छ । प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदी पनि घटनास्थल नजिकै रहेको प्रहरी चौकीमा बसेर अनुसन्धानको कमाण्ड र सुपरिवेक्षण गरिरहेका छन् ।