प्रगतिशिल युवा समाजद्वारा कम्मल वितरण

सत्यराज सिंह, बझाङ- प्रगतिशिल युवासमाज र वल्र्डभिजनको सहकार्यमा केदारस्युँ र जयपृथ्वी नगरपालिकाका विपन्न परिवारलाइ कम्मल वितरण गरेको छ । मौसममा आएको परिवर्तन  संगै बढेको चिसो मौसमलाइ ध्यानमा राखी आश्रीत बालबालिका र उनका परिवारहरुलाइ केहि राहात होस भन्ने उदेश्यले जयपृथ्वी नगरपालिकामा २ सय र केदास्युँ गाउँपालिकामा २ सय गरी जम्मा ४ सय कम्मल वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक लबराज जोशीले बताए ।

संस्थाले कोरोना महामारीको समयमा पनी समुदायस्तरमा गएर खाध्यान्न ,दाल, चामल, सरसफाइका सामानहरु तथा स्वास्थ्य सामाग्रीहरु पनी वितरण गरेको थियो ।  संस्थालले गरिब ,दुखी , एकल महिला, बालबालिकाका परिवारहरुलाइ बेलाबेलामा खाध्यान्न , लत्ता कपडा दिएर आफुहरुलाइ ठुलो सहयोग पुगेको जयपृथ्वी नगरपालिका भन्डार घर भएकी आलिकुली रोकायाले बताइन । संस्थाले स्थानियतहहरु संग समन्वय गरेर जोखिममा रहेका बालबालिकाहरुको गुणस्तरिय शिक्षा संरक्षण र जिविकोपार्जनका क्षेत्रमा समेत संस्थाले काम गर्दै आएको छ ।

janahit ma jari sandesh
Masta R.M
Loading...