सवारी धनीले क्षतिपुर्ति नदिए पछि खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध

Image

बझाङ : बसको ठक्करबाट मृत्यु भएकी बालिकाका आफन्तले बुधबार वेलुकादेखि फेरि खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध पारेको छन् । पिडित पक्ष र सवारीधनीबीच भएको क्षतिपूर्ति अनुसार रकम दिन नखोजेको भन्दै सडक अवरुद्ध पारेका हुन् ।

यसअघि पिडित पक्षले माग गरेकै अनुसार सवारी धनीले क्षतिपुर्ति दिने सहमति भए पनि अहिले आएर बस यातायात समितिले रकम दिन आनाकानी गरेको वडाध्यक्ष कलक विष्टले बताए । राजमार्ग सूचारु गर्न जिल्ला प्रसासन र वित्थडचिर गाउँपालिकाले पहल चाले पनि सफल नभएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए । सडक अवरुद्ध हुँदा बुधबारदेखि जिल्ला बाहिरबा आउने सवारी साधन र जिल्लाबाट बाहिर जाने सवारी साधन चल्न पाएका छैनन् ।

चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको बसले बिहीबार वेलुका करिब ६ बजे वित्थडचिर गाउँपालिका-९ सुनकुडामा एक २ वर्षिया बालिका दिपिका विष्टलाई ठक्कर दिएको थियो ।

घाइते बालिकाको स्थानीय देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचार लागि धनगढी लैजाँदै गर्दा गत बिहीबार राति ९ बजे मृत्यु भएको थियो । बालिकाको मृत्युपछि आन्दोलित स्थानीयले यसअघि पनि बझाङ–खोड्पे सडकखण्ड अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन