बझाङमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु
बझाङ ;-बझाङमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घइते भएका छन् । तल्कोट गाउँपालिका ३ को किरकिट्या भन्ने स्थानमा शनिबार दिउँसो २ बजे बा ३ क ६०० नम्बरको नागार्जुन कष्ट्रक्सनको टिप्पर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ भने चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन् ।
घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । ट्रिपर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । सबैजना चैनपुर(ताक्लाकोट सडक खण्डका मजदुर रहेका जनाइएको छ । मृतक मनोज गाह मगर डडेल्धुरा आलिताल गाउँपालिका ८ हुन् भने् मनोज भट्ट कञ्चनपुर भिमदत्त नगरपालिका १९ का रहेका छन् । यस्तै टिप्पर चालक गोविन्द विष्ट कञ्चनपुरको शुक्लाफाँटा ११ का रहेका छन् । उनको बाँया खुट्ट्टा भाँचिएको जनाइएको छ । यस्तै सहचालक बझाङको बुंगल नगरपालिका २ भरत धामी र दाङ घोराही उपमहानगरपालिका ४ का नेत्रबहादुर अधिकारीको अवस्था सामान्य रहेको छ ।