दिनेश धामी, मंसिर २७ बझाङ । बझाङको बित्थड चिर गाउपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा गाउँपालिका स्तरीय वक्तृत्व प्रतियोगिता गरीएकाे छ । कोभिड १९ को सङ्क्रमण लाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ जनतेतना मुलक वक्तृत्व कलाका साथै अन्य कार्यक्रम आयोजना गरेको बित्थड चिर गाउपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता अवस्थीले जानकारी दिए ।
कार्यक्रमा लैङ्गकि हिंसा विरुद्ध सरोकारवला बिच अन्तरक्रिया र “ कोभिड(१९ ले लैङ्गिक हिंसामा पारेको प्रभाव “ शिर्षकमा गाउपालिका भरीका माध्यामिक विद्यालय स्तरिय वक्तृत्व प्रतियोगिता आयोजना गरिएको थियो । देवेश्वरी माध्यमिक बिधालायमा सम्पन्न भएको उक्त कार्यक्रमा गाउँपालिकाका प्रत्यक विद्यालय बाट एक छात्र र एक छात्रा बिद्यबिद्यार्थीहरु हभागी भएका थिए । उक्त वक्तृत्व कलामा छात्र तर्फ जनक बहादुर खडायतले प्रथम, बिक्रम बहादुर बिष्ट द्धितिय र सन्तोष बोहोराले तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरि छात्रा तर्फ बसन्ती कुमारी बोहोरा प्रथम , खगेश्वरी बोहोरा द्धृतिय र जानकी बिष्ट तृतीय भएकी छन । गाउपालिकाले आयोजना गरिएको उक्त कार्यक्रममा प्रथम , द्धितिय र तृतीयलाई क्रमशः २ हजार ५ सय , २ हजार र १ हजार ५सय पुरस्कार प्रदान गरिएको छ। ।