बझाङ –बसको ठक्करबाट एक बालिकाको मृत्यु भए पछि बित्थडचिर गाउँपालिका–९ सुनकुडा तनावग्रस्त बनेको छ । चैनपुर देखी महेन्द्रनगर जादै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी रुपक खड्काका अनुसार विहिबार बेलुका ६ः३० बजे तिर, बालिकाकि आमा र बालिका नजिकै रहेको कुखुरा फर्ममा कुखुरा लाई चारो दिएर आउनका लागि ढोका लगाउने क्रममा बालिका सडकको किनारा बाट आउदै गर्दा बस चालकले नदेखे पछि ठक्कर दिएको हुनसक्ने अनुमान गरीएको छ ।घाइते भएकी बालिकाको उपचारका लागि धनगडी लैजादै गर्दा बाटोमा मृत्यु भएपछि सुनकुडा तनावग्रस्त बनेको हो । बालिकाको मृत्यृपछि आक्रसित बनेका त्यहाँका स्थानियले गाडि चालकको लापरवाहिले दुर्घना भएको भन्दै पिडित पक्षले उचित क्षतिपुर्ति नपाए सम्म कुनै सवारी साधान चल्न नदिने भनि सडक अबरोध गरेका छन् । अहिले पिडित पक्ष र यातायार व्यवसायिक समिति बसेर छलफल भइररहेको छ भने चालक दिपक बोहोरा र बसलाइ स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट बालिकाको मृत्यु पछि बित्थडचिरको सुनकुडा क्षेत्रमा तनावग्रस्त
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन