Jayaprithvi Municipality

बित्थडचिर गाउँपालिकामा बसको ठक्करबाट बालिकाको मृत्यु

बझाङ; जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुर देखी महेन्द्रनगर जादै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसेको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि स्वास्थ्य चौकी लैजादै गर्दा मृत्यु भएको हो। चालक दिपक बोहोरा र बस स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...