बुङ्गल नगरपालिकाका सार्वजनिक स्थलहरुमा जनतेतना मुलक कार्यक्र गर्दै नेपाल प्रहरी

बझाङ ;  नेपाल प्रहरीले जिल्लाको बुङ्गल नगरपालिकाका सार्वजनिक स्थलमा जनतेतना मुलक कार्यक्रम गरी रहेको छ । हर प्रहर गाँऊ र नगरी ! टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ जिल्लाका सबै स्थानिय तहमा गरीन लागेको सामुदयिक प्रहरी साझेदारी जनतेतना मुलक कार्यक्रम बुङ्गल नगरपालिका भित्र समुदाय,सामाजिक संस्था र विद्यालयमा संञ्चालन गरी रहेको ट्राफिक प्रहरी बिट बिजगडाले जानकारी दिएको छ ।

उक्त कार्यक्रम ट्राफिक प्रहरी बिट बिजगडाको आयोजनामा बिहिबार बुङ्गल नगरपालिकाको विजगडा बजारमा सामाजसेवी,नेपाल प्रहरी ,यातायात व्यवसायि , व्यापारी र अन्य सबैको उपस्थितिमा गरीएको हो । कार्यक्रमा नेपाल प्रहरीले सार्वजनिक स्थल र सार्वजनिक सवारी साधानमा हुने यौनजन्य दुव्र्यबहार बिरुद्ध सबैलाई जनतेतना दिनुका साथै त्यस्तो दुव्र्यबहार गर्नेमाथि गरीने कारबाहिका बारेमा सचेत गराएको छ । उक्त कार्यक्रम अब नगरपालिका भित्रका सामुदायिक बिद्यालय , समुदाय, र सामाजिक संस्थामा पनि आयोजना गरीने प्रहरीले जनाएको छ ।

Loading...