बैतडीमा जीव दुर्घटना हुँदा ५ जनाको मृत्यु ५ जना घाइते

बैतडी ;- बैतडीमा जिप दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ ।मंगलबार बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा हुदा ५ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ बर्षीय पार्वती चन्द,पाटन नगरपालिका ५ का ७० बर्षीय पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावड, सुर्नया गाउँपालिका ४ का ७५ बर्षीय कलावती चन्द, र पाटन नगरपालिका ५ का ७७ बर्षीय भगीरथ पाण्डेय, को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचार लागि जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तीव्र गतिमा रहेका जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करीब एक सय मिटर तल खसेको छ । दुर्घटना परेर जिप चालक गोपाल कार्कीको टाउको चोट लागेकोले उपचारका लागि धनगढी पठाइएको छ । दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका थिए । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ

Bungal Purai
Bithadchir 2
Loading...