बझाङ:- जिल्लाको बुङ्गल नगरपालिकामा भीरबाट लडेर एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा बुंगल नगरपालिका ६ जुजुनैका २० वर्षीया युवती करिस्मा सिंह रहेका छन् । उनको आइतबार दिउँसो १२ बजे घरभन्दा २०० मिटर माथि गोठालो गएको बेला बाटोबाट करिब १५ मिटर तल खसेर ज्यान गएको प्रहरीले जनाएको छ । उनी मृगीयौला रोगबाट समेत ग्रस्त रहेको जनाइएको छ । यसअघि मंसिर ३ गते थलारामा १२ वर्षीया बालिका र दुर्गाथलीमा २७ वर्षीया महिलाको भीरबाट लडेर ज्यान गएको थियो । यो घटनासँगै बझाङमा गत श्रावण यता भीरबाट लडेर ज्यान गुमाउनेको संख्या १० जना पुगेको बझाङ प्रहरीको तथ्यांकमा उल्लेख छ । कतिपय प्रहरीको सम्पर्कमा नआउने गरेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्