झुलाघाट नाका ५ दिनका लागि खोलिने

Image
बैतडी नेपाल—भारत सीमानाका झुलाघाट पुल

बैतडी — भारतसँग सीमा जोडिएको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । मंसिर ८ गते देखि १२ गतेसम्म नाका खोलिने भएको हो ।
भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस भनेर ५ दिनका लागि नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।

नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय बैतडी र डीएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने उनले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन