बैतडी : बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्ना देखि महेन्द्नगरका लागि छुटेको पवनदुत यतायातको ना५ख ५१४१ नंको बस खोडपे बजार नजिकै गएराती १०:०० बजे तिर दुर्घटना हुदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेका छ भने मृतकको नाम नखुलेको खोडपे प्रहरी चौकीका इन्चार्ज, प्रहरी सहायक निरिक्षक दशरथ भट्टराईले जानकारी दिए ।प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।
उहाँका अनुसार ड्राइभर निदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ । ड्राइभर पनि गम्भीर घाइते भएकाले बोल्न सक्ने अवस्था छैन बसमा सवार अन्य ४१ जना पनि सामान्य घाइते भएका छन् । अन्य ७ जनालाई डडेल्धुरा उपचार सम्भव नभए पछि धनगढी रिफर गरिएको छ । बस सडकबाट ५ सय मिटर तल खसेको छ । अन्य घाइतेहरु सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।