योगदान राष्ट्रको लागि बझाङकाे अध्यक्षमा सिँह चयन

Image
अध्यक्ष ललित सिहँ ठकुरी

बझाङ ;- बझाङमा योगदान राष्ट्रको लागि संस्थाको अध्यक्षमा ललित सिँह चयन भएका छन् । प्राथमिक उपचार हाम्रो सरोकार भन्ने मुल नाराका साथ देशब्यापी रुपमा गठन भईरहेको योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाको समिति बझाङ जिल्लामा पनि बिस्तार भएको छ ।

उक्त संस्थाको अध्यक्षमा ललित सिहँ ठकुरी चयन भएका छन् भने उपाध्यक्ष डा अरबिन्द अधिकारी, सचिवमा बिकास मल्ल, सह सचिवमा धन बहादुर सिंह र कोषाध्यक्षमा बागेश्वरी खडायत लगायत अन्य २१सदस्यहरु चयन भएका छन।
योगदान राष्ट्रका लागि संस्थाले प्राथमिक उपचार हाम्रो सरोकार भन्ने मुल नाराका साथ प्राथमिक उपचारमा विशेष जोड दिने संस्थाका बझाङ जिल्ला अध्यक्ष सिहँले बताए । त्यस्तै दैविक प्रकोप,प्राथमिक उपचार, विपत व्यवस्थापन, र दक्षजनशक्ति उत्पादन गर्ने र सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालनमा ल्याउनु पर्ने बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन