३७ हजार नगद सहित बझाङमा ३ जना जुवाडे पक्राउ

बझाङ: बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडामा जुवातास खेलिरहेको अवस्थामा ३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २४ गते सोमवार बिहान १ बजे तिर जुवाखेलिरहेको अवस्थामा जयपृथ्वी नगरपालिका ७ का कृष्ण बहादुर थापा, रामु खत्री र छबिसपाथिभेरा गाउँपालिका २ का सुशील कठायतलाई पक्राउ गरेको हो।

उनिहरुको साथवाट ३७ हजार ६ सय ९० नगद रुपैँया बरामद गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । कुखुरा फार्म भित्र जुवा खेलिरहेको अवस्थामा तीनै जनालाई विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी जनाएको हो । पक्राउ परेका तीनै जनालाई जुवा ऐन अनुसार कार्बाही गरिने प्रहरीकाे भनाइ छ । यसअघि बझाङ प्रहरीले वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नँ ४ का वडाध्यक्ष गगन खाती, दिपक बहादुर वड, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेसराज जोशी, सन्तोष जोशीलाई पनि जुवा खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काले जानकारी दिएका थिए।

janahit ma jari sandesh
Masta R.M
Loading...