काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना सक्रमणका कारण निधन भएको छ । महरापत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार बिहान ६ः२५ बजे निधन भएको हो । स्वास्थ्यमा थप समस्या देखिए पछि महरालाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो ।
दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।महराका दुई छोरा र दुई छोरी रहेका छन् । महरापत्नी सीताको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुस्ख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सीता महराको निधनबाट अत्यन्त दुस्ख लागेको बताउँदै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।