बझाङमा आत्महत्याका घटना बढे, दुई महिनाको अवधीमा १० जनाले गरे आत्महत्या

Image

बझाङ : बझाङमा आत्महत्याका घटना बढ्न थालेका छन । असोज र कात्तिक महिनामा गरि दुइ महिनाको अवधीमा मात्रै बझाङमा १० जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार असोजमा ५ जनाले झुण्डिएर र २ जनाले नदी खोलामा हाम फालेर आत्महत्या गरेका छन् भने कात्तिक महिनामा ३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने एक जनाले सेती नदीमा हाम फालेर आत्महत्या गरेको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी नायब निरिक्षक लोकेन्द्र सिंह कार्कीले धेरैजसोले घरायसी कारणले आत्महत्या गरेकाले अझैं घरेलु हिंसामा कमी नआएको बताए । उनका अनुसार बझाङका ग्रामिण भेगमा आत्महत्या गर्नेहरु धेरै रहेका छन् । त्यस पनि दलितहरुले बढी आत्महत्या गरिरहेको सूचना अधिकारी कार्कीले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन