बझाङको बुङ्गल नगरपालिमा पहिलो चाउमिन उद्याेग सञ्चालन 

Image

बझाङ;- जिल्लाको बुङ्गल नगरपालिकामा पहिलो पटक चाउमिन उद्याेग सञ्चालन भएको छ । कार्तिक चार गतेबाट बुङ्गल गरपालिकाको वडा नम्बर ८ डुङ्ग्रीबगरमा न्यु लाटाबाघ फुड्स एन्ड प्रोडक्ट सन्चालनमा आएको हो । कोरोना भाईरस महामारीमा कारण रोजगार गुमाए पछि आफुले व्यक्तिगत लगानीमा चाउमिन फ्याक्ट्री  सञ्चालनमा ल्याएकाे ‌‍‌उद्याेग सञ्चालक बिरेन्द्र बोहराले जानकारी दिए ।

कोरोना भाईरस महामारीमा कारण रोजगार गुमाएका बिरेन्द्र पहिला काठमाडौंको एक उद्याेगमै काम गर्थे कोरोनाका कारण त्यो रोजगारी पनि गुमाए पछि त्यतिकै बस्नु भन्दा आफुमा भएको सीप खेर नफालि सानै भए पनी व्यवसाय सुरु गर्नुपर्छ भनेर आफुले बुङ्गलमा चाउमिन उद्याेग सन्चालनमा ल्याएको उनको भनाइ छ । अहिले बजारमा नास्ताको रुपमा चाउमिननै बढी खपत हुने भएपनि बझाङ जिल्लामा नै चाउमिन फ्याक्ट्री थिएन,  उद्याेग नभएको ठाँउमो  उद्याेग सन्चालनमा ल्याउदा सबैलाई सजिलो भएको छ । बुङ्गलमा चाउमिन उद्याेग सञ्चालनमा आए संगै बझाङका होटेल तथा सेवाग्राही सबैलाई धनगढीकै चाउमिनको भरमा बस्नु पर्ने बाध्यता हटेको सेवाग्राहि भनाईछ ।

यो भन्दा पहिला धनगढी बाट धेरै चाउमिन र सस ल्याउनु पर्थ्याे  र म्याद जाने सड्ने सम्भावना हुन्थ्यो । अहिले न्यु लाटाबाघ फुड्स एन्ड प्रोडक्टले आफैले उत्पादन गरेको ताजाँ चाउमिन र ससहरु स्थानिय बजारहरुमा ल्याए पछि ,सेवाग्राही लाई ताजाँ चाउमिन चाहेको बेला जति खेर पनि मिल्ने भएकाले  सहज भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन