दार्चुला ; दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ को खार गाउँबाट १४ जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा १४ जना स्थानीय जुवाडे ६० हजार ४६५ नगद रुपैया र दुई गड्डी तास सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
दल्लेख प्रहरी चौकीका प्रहरी नायब निरीक्षक केशबदत्त पन्तको नेतृत्वमा खटिएको टोलीले शनिबार राती १० बजेर ३० मिनेटमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । स्थानीयले दिएको जानकारीका आधारमा खटिएको प्रहरी टोलीले नगदसहित जुवाडे पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ३ का रमेशसिह ठगुन्ना, रायसिह ठगुन्ना, रामसिह ठगुन्ना, बसन्त ठगुन्ना, मनबिर ठगुन्ना, नन्तु ठगुन्ना, दानसिह धामी, मानसिह ठगुन्ना, करनसिह ठगुन्ना, जगतसिह ठगुन्ना, देबसिह ठगुन्ना, मानबहादुर ठगुन्ना, पदम सिह धामी र तेजसिह ठगुन्ना रहेका छन् ।
पक्राउ परेका जुवाडेहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।