सुदूरपश्चिम प्रदेशका कानून मन्त्री शाहलाई कोरोना संक्रमण

धनगढी  पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ३ सय ९७ जनाको परीक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा शनिबार गरिएको परीक्षणमा  मन्त्री शाह र उनकी श्रीमतीलाई कोरोना पनि पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको जानकारी गाउँपालिकाका ६ जना, गोदावरी नगरपालिकाकाक ४ जना धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का २५ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ७ र ८ का एक/एक जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

Loading...